Section 39
बैंकको पुँजी
(१) बैंकको पुँजी पाँच अरब रुपैयाँ हुनेछ । (२) बैंकको पुँजी नेपाल सरकारबाट प्राप्त हुनेछ र यो पुँजी हस्तान्तरण गर्न वा सो उपर ऋणभार लगाउन पाइने छैन । (३) उपदफा (१) बमोजिमको पुँजी नेपाल सरकारले थपघट गर्न सक्नेछ । यसरी पुँजी थपघट गर्दा नेपाल सरकारले बैंकसंग परामर्र्श लिनेछ ।